#लुम्बिनी-कपिलवस्तु दिवस अभियान
Explore tagged Tumblr posts
onlinekhabarapp · 6 years ago
Text
माझी बस्ती पुनर्निर्माणका लागि स्वेता-श्री फाउण्डेशनलाई ५० हजार हस्तान्तरण
काठमाडाैं / भूकम्पले भत्काएको माझी बस्ती पुनर्निर्माणका लागि अस्ट्रेलियाबाट ‘स्वेता-श्री फाउण्डेशनलाई’ ५० हजार रुपैयाँ हस्तान्तरण गरिएको छ ।
अस्ट्रेलिया निवासी सुशील चालिसे र उनकी श्रीमती अनिता भण्डारीले छोरीहरु शायना र समिका चालिसेको जन्मदिनको अवसरमा ५०० अस्ट्रेलियन डलरमा लुम्बिनी-कपिलवस्तु दिवस अभियानलाई हस्तान्तरण गरेका थिए ।
सोही रकममा केही रकम थप गरी उनीहरुले नायिका स्वेता खड्कालाई ५० हजार रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
नायिका खड्काले स्व. श्रीकृष्ण श्रेष्ठको जन्म जिल्लाको माझी बस्तीलाई एकीकृत बस्ती निर्माणको अभियान सुरु गरेकी छन् ।
५६ परिवारका ३७५ जनाको लागि करिब १७ रोपनी जग्गामा एकीकृत बस्ती बनाउने अभियान सुरू गरेकी हुन् । १५ प्रतिशत मात्रै साक्षर रहेको यो समुदायमा१८४ जना महिला छन् ।
0 notes
ramkshrestha · 6 years ago
Text
आनीद्धारा तुइन बिस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड रुपैयाँ प्रदान
आनीद्धारा तुइन बिस्थापनका लागि प्रधानमन्त्रीलाई १ करोड रुपैयाँ प्रदान
Tumblr media
  लुम्बिनी-कपिलवस्तु दिवस अभियान विस्व कार्य समितिका सलाहकार एबं युनिसेफ नेपालका दूत आनी छोइङ डोल्माले तुइन बिस्थापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई १ करोड रुपैयाँ प्रदान गरेकी छन् ।
बुधबार नेपालका विभिन्न टीभीहरुद्धारा संयुक्त रुपमा प्रसारित एक कार्यक्रममा गायिका आनीले ब्यक्तिगत रुपमा सो रकम प्रदान गरेकी हुन् ।
पहिलोपटक प्रधानमन्त्री हुँदा ओलीले तुइन बिस्थापन अभियान चलाए तापनि तीन वर्ष…
View On WordPress
0 notes
onlinekhabarapp · 8 years ago
Text
अस्ट्रेलियाको जिलोङमा पहिलो पटक ल्होसार मनाइयो
जिलोङ । दि��ीबहिनी समाज भिक्टोरिया र हालै जोन योन्जनको अध्यक्षतमा गठित भृकुटी युनाइटिङ बुद्धिष्ट सोसाइटीको संयुक्त पहलमा यहाँ रहेका नेपाली समुदायमाझ ल्होसार मनाइएको छ । भिक्षु गेसे सोनामद्धारा परम्परागत बुद्ध पूजाबाट कार्यक्रमको शुरुवात गरिएको थियो ।
ल्होसार कार्यक्रममा भिक्टोरीया राज्यको जिलोङ क्षेत्रको जिम्मेवारी पाएका लेबर पार्टी सांसद क्रिस्टिन कोउजेन्स, भिक्टोरियाका लागि अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जन, लुम्बिनी-कपिलवस्तु दिवस अभियान एवं नेपालका भूकम्पपीडित बालबालिकाका लागि पोषण कार्यक्रमका विश्व संयोजक रामकुमार श्रेष्ठ, एनआरएन आइसीसी सदस्य ऋषि कंडेल, एनआरएन अस्ट्रेलियाका सचिब टोनु घोताने, अस्ट्रेलियन नेप्लिज मेडिकल एण्ड डेण्टल एसोशियसनका सचिब डा चन्द्र दीपक पोख्रेल लगायतको उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि सांसद क्रिस्टिन कोउजेन्सले नेपालीहरु आफ्नो कला संस्कृतिमा निक्कै धनी रहेको र जिलोङमा भइरहने नेपाली समुदायका कार्यक्रममा आफ्नो साथ रहेको बताइन् ।
कार्यक्रममा बोल्दै ���वैतनिक महावाणिज्यदुत चन्द्र योञ्जनले सानो नेपाली समुदाय रहेको जिलोङमा पहिलो पटक मनाइएको ल्होसारमा उपस्थित हुन पाउँदा रमाइलो लागेको र नेपाली कला, संस्कृतिको जगेर्ना गन यस किसिमको कार्यक्रमले योगदान दिने बताए ।
त्यस्तै एनआरएन अष्ट्रेलियाका सचिव टोनु घोतानेले बहुसाँस्कृतिक व्यक्तित्वहरुले पनि नेपाली पोसाक लगाएर उपस्थित भएको र नेपाली संस्कृतिलाई इज्जत गरेकोमासबैलाई धन्यवाद दिएका थिए । जिलोङमा आयोजना गरिएका ऐतिहासिक कार्यक्रमहरुले भिक्टोरियाको मेलबर्न बाहिरका शहरहरुमा पनि कार्यक्रम आयोजना गर्न प्रोत्साहित गरेको पनि बताए ।
कार्यक्रममा रिवाज गुरुङ, सेविका गुरुङ, अंगद भाटिया, रिकिशा शर्मा लुइटेल, माला गुरुङ, सुशिला गुरुङ, ग्रेस शेर्पा माप्लेसन, स्कारलेट शेर्पा माप्लेसन, बिना भण्डारी, म्याक्स योन्जन, मोहन सिंह चैसिर र श्रििकत पौडेल लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।
उक्त अवसरमा नेपाली कला प्रबर्द्धनका लागि चित्रकार ग्यालरीले नेपाली चित्रकलाको प्रदर्शनी गरेको थियो । कार्यक्रममा बिदेशी लगायत अन्य जातीहरु समेत गुरुङ, मगर, तमाङ, शेर्पा आदिको भेष भुषामा थिए ।
0 notes
ramkshrestha · 7 years ago
Text
वरिष्ठ साहित्यकार डा कविताराम श्रेष्ठको निधन
Tumblr media
३७ वटा पुस्तक, २ भिडियो डकुमेन्ट्री र एक गीति एल्बम कृतिका जन्मदाता वरिष्ठ साहित्यकार एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका सल्लाहकार प्रो डा कविताराम श्रेष्ठको ७० वर्षको उमेरमा यूके सेन्टपिटर हस्पिटलमा १९ नोभेम्वर २०१७ आइतबारक़ा दिन बिहान निधन भएको छ । लामो समयदेखि फोक्सोको क्यान्सरबाट पीडित वरिष्ठ साहित्यकार डा श्रेष्ठलाई शनिबार चिन्ताजनक अवस्थामा लन्डनस्थित वकिङको सेन्ट पिटरमा…
View On WordPress
0 notes
ramkshrestha · 11 years ago
Photo
Tumblr media
टंक कार्की लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समितिका नयाँँ सल्लाहकार १ डिसेम्बर २००९ मा पहिलो पटक "कपिलवस्तु दिवस विस्व दिवस" मनाएर वुद्ध जन्मस्थल बिषयमा सिर्जित विस्वब्यापी दिग्भ्रम निस्तेज पार्न जनस्तरबाट शुरु गरिएको बिस्वब्यापी कार्यक्रमलाई संस्थागत गर्न २०१० सालमा दुई चरणमा गरी लुम्बिनी-कपिलवस्तु दिवस अभियान बिस्व कार्य समिति गठन गरिएको थियो तीन ठूला पार्टीहरु नेलाली काङ्रेस, नेकपा एमाले र नेकपा माओबादीका बरिस्ठ ब्यक्तिहरुलाई समेत यस्को सल्लाहकार मण्डलमा समाबेश गरेर । नेकपा एमालेका तर्फबाट विस्व कार्य समितिका सल्लाहकार मण्डलमा रहनु भएका पूर्व मन्त्री राजेन्द्र श्रेष्ठ हाल पार्टी परित्याग गरी नयाँँ खोलिएको संघीय समाजबादी पार्टीका महासचिब हुनु भएकोले नेकपा एमालेका नेता एबं चिनका लागि नेपालका पूर्व राजदूत टंक कार्कीलाई नेकपा एमालेका तर्फबाट सल्लाहकारमा राखिएको छ । अभियानका बिस्व संयोजक ���ामकुमार श्रेष्ठले टेलिफोन बार्ता मार्फत अभियानको तर्फबाट राख्नु भएको प्रस्तावमा नेता कार्कीले स्वीकृति जनाउँदै जनस्तरबाट विस्वब्यापी रुपमा भैरहेका वुद्ध जन्मस्थल लुम्बिनीसम्बन्धी गतिबिधि र छोटो समयमा यस्ले हासिल गर्न सकेका उपलब्धीहरुबाट आफू प्रभाबित भएको बताउनु भयो । कुराकानीकै सिलसिलामा अभियानले आफ्नो उद्धेस्य प्राप्ती कार्यमा सफलता हासिल गरोस भन्ने शुभ-कामना दिंदै आफ्नोतर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता पनि जाहेर भयो ।
0 notes
ramkshrestha · 11 years ago
Photo
Tumblr media
गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित…
View Post
0 notes
ramkshrestha · 11 years ago
Photo
Tumblr media
गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित…
View Post
0 notes
ramkshrestha · 11 years ago
Photo
Tumblr media
गायक प्रमोद खरेल लुम्बिनी-कपिलवस्तु दिवस अभियानका नयाँ सांस्कृतिक दूत
१७ अगस्ट, २०१३ साइप्रस हल मेलबर्न । आज यहाँ आयोजित प्रमोद खरेल संगितिक सांझ कार्यक्रममा चर्चित…
View Post
0 notes